भक्तपुरमा पनि भोली देखि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित (प्रशासनको सूचनासहित)

भक्तपुरमा पनि भोली देखि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित (प्रशासनको सूचनासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोली कात्तिक २ गते देखि भक्तपुरमा अत्यावश्यक बाहेकका सबै सेवा अर्को सूचना नभएसम्म स्थगित गरेको छ ।

भिडभाड बढ्दै गएको हुदा कोरोना संक्रमणको सम्भावना अझ जटिल हुने देखिए पछी संक्रमणको रोकथामका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी), स्वास्थ्य विज्ञ, सरोकारवाला निकाय, सुरक्षा निकायसँगको छलफल एवं परामर्श परामर्शपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।

उच्च जोखिम रहेका कारण अत्यावश्यक बाहेकमा अन्य सेवा स्थगित गरिएको जारी सूचनामा उल्लेख गरिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि यस अघि नै यस्तो निर्णय गरिसकेको छ ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना तल हेर्नुहोस ।

०००

भक्तपुरमा होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ ।
दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।

गत असोज २८ डा। इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकामा आज मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिनुभयो ।