काठमाडौं,३ कार्तिक । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएको सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।
कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा समेत संक्रमण पुष्टि भएको र कर्मचारीहरु आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भइ तत्काल परीक्षा संचालन गर्न कठिनाइ भएकाले आयोगले पूर्व निर्णय बमोजिम तोकिएको निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका मिति २०७७ साल कार्त्तिक १६ गतेदेखि संचालन हुने सम्पूर्ण लिखित परीक्षा हाललाई स्थगित गरिएको हो,’ सूचनामा भनिएको छ।
प्रतिक्रिया