करदाता सेवा कार्यालय सञ्चालन

करदाता सेवा कार्यालय सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी सदरमुकाम जलेश्वरमा आजदेखि करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३ स्थानिय तहका करदाताले अब जलेश्वरमै कर बुझाउन पाएका छन् ।

करदाता सेवा कार्यालयले आज सेवा शुभारम्भ कार्यक्रमको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा उद्घाटन गरिएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख जयबहादुर भण्डारीले करदाता सेवा कार्यालय जलेश्वरका प्रमुख प्रकाश निरौलालाई प्यान कार्ड हस्तान्तरण गर्नुहुँदै आजदेखि विधिवत जलेश्वरमा करदाता सेवा कार्यालय सूचारु भएको घोषणा गर्नुभएको थियो ।