मेलौलीको आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन

मेलौलीको आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडीको मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ ।

जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी भए पनि विगत तीन वर्षदेखि आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन रहेको केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी दिनुभयो ।

आयुर्वेद चिकित्सक नहुँदा क्षार सूत्र कर्म, पायल्सको उपचारलगायतका सेवा प्रभावित भएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेद चिकित्सक नहुँदा विभिन्न सेवाहरु प्रभावित भएका छन् । चिकित्सकले प्रदान गर्ने सेवा अरुले दिन सक्तैनन् । यसले सेवाग्राहीलाई मार परेको छ ।”

केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवाहरु सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा ती सेवाहरुलाई प्रभावकारी बनाउन नसकिएको चन्दको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत विभिन्न सेवा सञ्चालन गरेका छौँ । तर चिकित्सकको अभावमा पायल्सको प्रभावकारी उपचार हुन सकिरहेको छैन ।”

तल्लोसोराड क्षेत्रका नागरिकका लागि पायक पर्ने स्थानमा आयुर्वेद स्वास्थ्य केन्द्र भए पनि चिकित्सक नहुँदा सेवा पाउन असहज भएको स्थानीयवासी केशवसिंह भाटले जानकारी दिनुभयो । आयुर्वेदिक उपचार पद्दति राम्रो भए पनि चिकित्सकको अभाव रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदिक उपचारका नागरिकको आकर्षण छ । तर चिकित्सक नहुँदा हामीले केन्द्रबाट पाउने सेवा पाइरहेका छैनौँ ।”

केन्द्रका सूचना अधिकारी चन्दले पछिल्लो समयमा आयुर्वेद उपचारमा नागरिकको आकर्षण बढेको भए पनि चिकित्सक नहुँदा धेरै सेवाहरु प्रभावित भएको बताउनुभयो । रासस