काठमाडौं,४ कार्तिक । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी हवल्दार रामबहादुर साउदको पनि शव भेटिएको छ ।
यसअघि मोहना नदीमा सहायक निरीक्षक गोविन्द विकको शव फेला परेको थियो । विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा बेपत्ता साउदको शव भेटिएको हो ।
गत शनिबार राति मोटरसाइकल गस्तीमा हिँडेका विक र साउद सिमाक्षेत्रका त’स्कर समूहको निशानामा परेका थिए । घटनामा संलग्न भएको आ’शङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यसअघि विकको शव गस्तीमा जाँदा प्रयोग गरिएको मोटरसाइकल शव भेटिएको स्थानदेखि करीब दुई किलोमिटर पश्चिमतर्फ फेला परेको थियो ।
प्रतिक्रिया