काठमाडौँ,५ कार्तिक। कोरोना भाइरसको महामारी फैलिएपछि स्थगित भएको कक्षा १२ को परिक्षा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।
कोरोनाका कारण वैशाख ८ गतेदेखि स्थगित भएको परिक्षा पुन: सञ्चालन हुने भएको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।
प्रतिक्रिया