सर्वाेच्च अदालतले न्याय गर्ने विश्वास छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वाेच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उहाँले प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाउँदै संविधानको रक्षाका लागि आफूहरु अदालत जान बाध्य भएको बताउनुभयो ।…