राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ ।जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको समाधान खोज्न सकिने जनाउँदै राप्रपाले सोही विश्वासका साथ पार्टी चुनावको पक्षमा रहेको बताएको छ । राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘कोरोना महामारीका…