भारतबाट फर्किएका एकको क्वारेन्टाइनमा मृत्यु

भारतबाट फर्किएका एकको क्वारेन्टाइनमा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ चैत । भारतको हैदरावादबाट फर्किएकी ५० वर्षीय मानिस मृत्यु भएको छ । १२ दिनअघि भारतबाट फर्किएका रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

भारतबाट आएका उनलाई गत मंगलबार देखि मात्र रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । तर उनमा कोरोना भाइरसको संक्रमण भने नदेखिएको पा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

नेपाली मुटु, कलेजो तथा सुगरको बिरामी रहेको परिवार स्रोतबाट खुलेको छ ।