काठमाडौं। अर्जेन्टिनाले पेरिस ओलम्पिक पुरुष फुटबलमा पहिलो जित निकालेको छ। शनिबार राति भएको समूहचरणको दोस्रो खेलमा अर्जेन्टिनाले इराकमाथि ३–१ को सहज जित हासिल गरेको हो। जितसँगै अर्जेन्टिनाले नकआउट चरणको ढोका खुला गरेको छ। समूहचरणको पहिलो खेलमा मोरक्कोसँग अर्जेन्टिना २–१ ले पराजित भएको थियो। अर्जेन्टिनाको समूहचरणको तेस्रो तथा अन्तिम खेल युक्रेनसँग खेल्नेछ। १४औं मिनेटमा थियागो अल्माडाले…