साझापेज, काठमाडौँ। नबिल बैंक लिमिटेडले वैदेशिक अध्ययनमा जाने विद्यार्थी, उनीहरूका अभिभावक तथा शैक्षिक परामर्शदाताहरूलाई लक्षित गर्दै काठमाडौँको पुतलीसडकमा 'नबिल बैंक एजुकेशन हब' सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित एक विशेष समारोहका बीच नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा उक्त हबको उद्घाटन गरेका…