फ्रान्सबाट कतार हुंँदै नेपाल आएकी सङ्क्रमित युवतीसँग आएका बर्दियाका २ सहित ८३ क्वारेन्टाइनमा

फ्रान्सबाट कतार हुंँदै नेपाल आएकी सङ्क्रमित युवतीसँग आएका बर्दियाका २ सहित ८३ क्वारेन्टाइनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजापुर, १४ चैत । बर्दियामा भारतलगायत विभिन्न देशबाट आएका ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारत तथा अन्य मुलुकबाट ५१७ जना बर्दियामा भित्रिएको लगत सङ्कलनबाट खुलेको छ ।

फ्रान्सबाट कतार हुंँदै यही चैत ६ गते एयर अरेबियाबाट नेपाल आएकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती चढेको विमानमा आएका दुई जनासहित क्वारेन्टाइनमा राखिएको हो । सो विमानमा बर्दियाका दुई जना आएकामा खोजेर एक जनालाई खजुरा गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएकोे पुष्टि प्रहरीले गरेको छ । बाँके ठेगाना भए पनि बर्दिया बाँसगढीका अर्का व्यक्तिलाई भने बाँसगढी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।