पर्सामा गो’ली चल्यो : एक जनाको मृ’त्यु, एक जना घाइते

पर्सामा गो’ली चल्यो : एक जनाको मृ’त्यु, एक जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १४ चैत । पर्सा राष्ट्रिय निकुञ्जमा दोहोरो गो’ली हा’ना’हा’न भएको छ । वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गो’ली हा’ना’हा’न भएको हो ।

घटनामा एकको ज्या’न गएको छ । मृ’त्यु हुने शिकारी समूहका एक जना रहेको बताइएको छ । घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् ।

निकुञ्जको मुख्य क्षेत्रमा करिब ११ जनाको समूहले सुरक्षाकर्मीलाई देखेपछि फायरिङ्ग गरेको र त्यसको जवाफमा सुरक्षाकर्मीले गोली चलाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

आज (शुक्रबार) बिहान करिब साढे ९ बजेको समयमा वन्यजन्तु चो’री शिकारी समूहले गो’ली चलाएपछि त्यसको जवाफमा फायरिङ्ग गर्दा परिचय खुल्न नसकेका एक व्यक्तिको मृ’त्यु भएको हो ।

गस्ती टोलीले मकवानपुरका मोहनसिंह दोङ्गलाई पक्राउ गगरिएको छ । घटनास्थलबाट सुरक्षाकर्मीले दुई थान ब’न्दुक, बा’रुद, धा’रिलो ह’तियार लगायतका सामानहरु समेत बरामद गरेको उनले बताए ।