काठमाडौं, १५ चैत । विश्वभर महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) अहिलेसम्म विश्वका झण्डै २ सय देशलाई प्रभावित पारेको छ ।
नेपाल पनि यसबाट अछुतो रहेको छैन । यसको संक्रमण थप नफैलियोस् भन्नका लागि लकडाउन गर्ने निर्णय नेपाल सरकारले गरेको छ ।
अत्यावश्क सेवाबाहेक सबै बन्द रहेका छन् । मानिसहरु घर भित्रै बसेका छन् । उद्योगी, व्यापारी, शिक्षक विद्यार्थी, जागिरे देखि खेलाडी सम्म घरभित्रै रहेका छन् ।
सधै मैदान र अभ्यास स्थलमा भेटिने खेलाडीहरु कसरी फिट रहने भन्ने विषयमा हामीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका फिजियोथेरापिष्ट विक्रम न्यौपानेसँग कुराकानी गरेका छौं ।
न्यौपानेले राष्ट्रिय टोलीका सबै खेलाडीहरुलाई घरमा बस्दा के कस्तो गर्ने भन्ने गाइडलाइन्स दिइसकेको बताएका छन् । यस्तै, उनले खेलाडीहरुले यस्तो समयमा जसरी भएपनि आफ्नो फिटनेसमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
यसरी रहन सकिन्छ ‘फिट’
–खेलाडीहरुले हरेक दिन गर्ने के के गर्ने भन्ने तालिका बनाएर काम गर्नु पर्छ ।
–आफुलाई जसरी हुन्छ एक्टीभ राख्ने ।
–दिनमा कम्तीमा पनि १ देखि डेढ घण्टासम्म अभ्यास गर्ने ।
–घरमा सानो क्षेत्रमा भएपनि दौडिने ।
–भित्रै बसेर एक्ससाइजहरु गर्ने ।
–भिटामिनको कमी भएका खेलाडीहरुले हरेक दिन बिहानको समयमा घाममा बस्ने ।
–एक्ससाइज गर्ने । त्यो भिडियोहरु साथिहरुलाई देखाउने ।
साथिहरुबीच अनुभव सेयर गर्ने।
–किताबहरु पढ्ने । आफुलाई मन परेको नोबेल, मोटिभेस्नल फिल्म गितहरु सुन्ने ।
के खाने के नखाने ?
–चिल्लो खानेकुरा कम खाने ।
–नियमित डाइट गर्ने ।
–दिनमा एक गिलास दुध खाने ।
–विषेशगरि बिहानको नास्तामा चिल्लो कम खाने ।
–फलफूल खाने । दिनमा कम्तीमा १,२ वटा केरा खाने ।
–बिहानको नास्तामा कहिलेकेही फरक फरक दिनमा फरक फरक खाद्यान्न पर्ने गरी मकै, कोदो, फापर, सातुहरुहरु खाने ।
–पानी प्रयाप्त पीउने ।
–पानी पनि मनतातोमात्रै पीउने ।
–घरमा ग्रिन टि छ भने बिहान र बेलुकी एक–एक कप पीउने ।
गर्न नहुने काम
–जे पायो त्यहिँ नखाने ।
–साथिभाईसँग भेटघाट नगर्ने ।
–अनावश्यक सामाजिक सञ्जालमा समय नविताउने ।
–अनावश्यक पोष्टहरु सेयर नगर्ने ।
प्रतिक्रिया