एजेन्सी, १५ चैत । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित देशको संख्या हाल दुई सय नाघेको छ ।
तीन महिनाअघि चीनबाट शुरु भएको भाइरस २०१ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो संख्या संयुक्त राष्ट्र संघका सदस्य मुलुकभन्दा बढी हो । राष्ट्र संघमा १९३ मुलुक सदस्य छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार शनिबारसम्म कोरोना भाइरसबाट म’र्नेको संख्या २८ हजार ३ सय ७७ पुगेको छ भने ६ लाख १७ हजार बढी सं’क्रमित छन् ।
प्रतिक्रिया