एजेन्सी, १६ चैत । विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे काेभिड-१९ (काेराेनाभाइरस)का कारण अमेरिकामा मृ’त्यु हुनेकाे संख्या २ हजार नाघेकाे छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा कोभिड-१९ का बिरामी १ लाख २३ हजार ४२८ पुगेको विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डोमिटर्सले जनाएको छ ।
चीनबाट सुरु भएको कोरोना महामारी पछिल्लो समय यूरोप हुँदै अमेरिकामा तीव्र रुपले फैलिरहेको छ ।
अमेरिकामा पछिल्लो एकैदिन १९ हजार ३०२ नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ कोभिड कोरोना सं’क्रमणका कारण मृ’त्यु हुनेको संख्या २ हजार २११ पुगेको छ । पछिल्लो एकैदिनमा मात्र ५१५ जनाको मृत्यु भएको छ, जुन अमेरिकामा कोरोनाका कारण भएकै हालसम्मकै उच्च मृत्यु हो ।
यद्यपि ३ हजार २३१ जना भने उपचारपछि पूर्ण रुपमा निको भइसकेको जनाइएको छ । कोरोना भइरस सक्रिय रहेका १ लाख १७ हजार ९८६ मध्ये २ हजार ६६६ को अवस्था भने ग’म्भीर रहेको छ ।
काेराेनाका कारण सबैभन्दा बढी ज्या’न गु’माउने देशमा इटाली रहेकाे छ । त्यहाँ हालसम्म १० हजारभन्दा बढीकाे ज्या’न ग’इसकेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।
उद्गमस्थल चीनमा भने मृत्युदर घटिरहेकाे बताइए पनि शनिबार एकैदिनमा ५ जनाले ज्या’न गु’माएका छन् । त्यहाँ ७५ हजार ४४८ जना भने निकाे भइसकेका छन्, २ हजार ६८१ जनामा सक्रिय संक्रमण रहेकाे छ ।
प्रतिक्रिया