लकडाउनले प्रभावित अति विपन्न २६ परिवारलाई युवा संघ नेपालका केन्द्रीय सदस्य बलदीप राईद्वारा खाद्यान्न वितरण

लकडाउनले प्रभावित अति विपन्न २६ परिवारलाई युवा संघ नेपालका केन्द्रीय सदस्य बलदीप राईद्वारा खाद्यान्न वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १६ चैत । लकडाउनका कारण काममा जान नपाएपछि दुई छाक टार्न मुस्किल परेका धनकुटाको जोरपाटी, सिधुवा र चित्रे बजारका मजदुरलाई युवा संघ नेपालका केन्द्रीय सदस्य बलदीप राईले खाद्यान्न वितरण गरेका छन् ।

दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका छथर जोरपाटी गाउँपालिकाको जोरपाटीका १२, सिधुवाका चार र धनकुटा र तेह्रथुमको सिमाना चित्रे बजारका १० घरका अति विपन्न परिवारलाई राहत स्वरुप राईले खाद्यान्न वितरण गरेका हुन् ।

राईले प्रतिव्यक्ति पाँच किलो चामल, आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, दुईवटा चाउचाउ र एउटा साबुन प्रदान गरेका हुन् । छथर जोरपाटी गाउँपालिकाका अन्य विपन्न परिवारको खोजी गरी राहत वितरण गर्ने तयारीमा रहेको उनले बताए ।

धनकुटाका सात वटै स्थानीय तहले भने लकडाउनले प्रभावित विपन्न परिवारलाई राहत वितरण गरेका छैनन् ।