गोरखाका एक युवाको अस्ट्रेलियामा नि’धन


गोरखा, १२ चैत । अस्ट्रेलियाको सिड्नीमा एक नेपाली मृत अवस्थामा भेटिएका छन् । गोरखा घर भई हाल अस्ट्रेलियाको सिड्नी बस्दै आएका मिलन गुरुङ मंगलबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

सोमबार राति साथीभाइसँग सिड्नीको अबर्नमा रहेका मिलनको फोनको अध्ययनपछि मात्र मृत्युको कारण खुल्न सक्ने बताइएको छ ।

यस बारे न्यूसाउथ वेल्स (एनएसडब्लु) प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । तर उनले ट्रेनको लिकमा हा’म्फालेर आ’त्म’ह’त्या गरेको शंका गरिएको छ ।

उनी ढलेको स्थानभन्दा टाढा उनको फोन भेटिएका कारण घटना रहस्यमय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस