कु’ट’पि’ट गरि खुट्टा भाँ’चेर भीरमा फालिएको अस्वथामा भेटियो यी वडाध्यक्षलाई

कु’ट’पि’ट गरि खुट्टा भाँ’चेर भीरमा फालिएको अस्वथामा भेटियो यी वडाध्यक्षलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १६ चैत । जिल्लाको छेडागाड नगरपालिका–११ का वडा अध्यक्ष चक्रबहादुर सिंहमाथि शनिबार राति अज्ञात समूहले कु’ट’पि’ट गरेको छ । कु’ट’पि’टबाट वडा अध्यक्ष सिंहको खु’ट्टा भाँ’च्चिएको छ ।

शनिबार राति ९ बजेतिर वडा नम्बर ११ को पिपलडाँडा भन्ने ठाउँमा अध्यक्षमाथि कु’ट’पि’ट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

डिएसपी श्रेष्ठले अहिले घाइते वडाध्यक्षलाई उद्दार गरिएको बताए । उनलाई उपचारका लागि स्थानीय थलह बजारमा लगिने र अवस्था हेरेर नेपालगञ्ज वा सदरमुकाम खलंगा लैजाने विषयमा टुंगो लाग्ने बताए ।

कु’ट’पि’ट गर्नेहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको पनि डिएसपी श्रेष्ठले जानकारी दिए ।

छेडागाड नगरपालिकाका मेयर लालबहादुुर महताराका अनुसार राति कु’ट’पि’ट भएपनि बिहान मात्र भीरमा फालिएको अवस्थामा वडा अध्यक्ष भेटिएका थिए ।