ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्विरबारे छानविन सुरु

ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्विरबारे छानविन सुरु

13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । लकडाउनको उलंघन गरेको आरोपमा ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यसपछि के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीले तस्वीर सार्वजनिक गर्ने व्यक्तिहरुसँग सोधपुछ थालिएको बताए । ‘हामीले खोजी थालेका छौं, छानविनपछि खुल्ला’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जोशीले भने, ‘यो कुन ठाउँको तस्वीर हो भन्ने पनि अहिलेसम्म खुलिसकेको छैन ।’