भक्तपुर, १८ चैत । भक्तपुरको सूर्यविनायक चोकमा एक प्रहरी हवल्दारमाथि च’क्कु प्र’हार भएको छ । लकडाउनका समयमा ड्युटीमा खटिएको समयमा मंगलबार बिहान प्रहरी हवल्दार केशरसिह रावतमाथि च’क्कु प्र’हार गरेका हुन् ।
च’क्कु प्र’हार गर्ने सुदिप क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले गु’लेली र च’क्कु बोकेर सूर्यबिनायक चोकमा आ’तंक मच्चाएका थिए ।
च’क्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार रावतको गालामा चो’ट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।
क्षेत्रीको मा’नसिक अवस्था खराब जस्तो देखिएको र गु’लेली र च’क्कुसहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले जानकारी दिएका छन् ।
प्रतिक्रिया