योगमाया विश्वविद्यालयबारे पूर्वउपकुलपतिसँग छलफल

योगमाया विश्वविद्यालयबारे पूर्वउपकुलपतिसँग छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ साउन । विधायन व्यवस्थापन समितिले ‘योगमाया आयुर्वेद विश्वविद्यालय व्यवस्थासम्बन्धी बनेको विधेयक–२०७६ माथि विभिन्न विश्वविद्यालयका पूर्वउपकुलपतिसँग छलफल गरेको छ ।

छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा हिरामान महर्जनले अन्तर्राष्ट्रियस्तरमा चिनाउन बाहिरका विश्वविद्यालयसँग पनि सहकार्य गर्ने गरी विधेयक ल्याउनुपर्ने बताउँदै पदाधिकारीको व्यवस्थापन भने अन्य विश्ववद्यालयजस्तै गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति खगेन्द्र भट्टराईले विश्वविद्यालयलाई प्रशासनिकभन्दा प्राज्ञिक थलो बनाउनुपर्नेमा जोड दिदैं शिक्षाध्यक्षको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्माले धेरै पदाधिकारी राख्ने गरी कमिटी बनाउन नहुने उल्लेख गर्दै विद्यार्थीको शुल्कबाट मात्र विश्वविद्यालय सञ्चालन गर्न सम्भव नभएकाले पर्याप्त मात्रामा बजेट विनियोजन हुनुपर्ने बताउनुभयो ।

समितिका सभापति परशुराम मेघी गुरुङले विभिन्न छलफल गरी चाँडै नै विधेयकलाई अन्तिम चरणमा पु¥याइने बताउनुभयो । सरकारले आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक चिकित्सासँग सम्बन्धित विषयमा प्रविधिमैत्री अध्ययन, अध्यापन र अनुसन्धान तथा जडीबुटीको खोजमूलक अध्ययनअनुसन्धान र आयुर्वेदिक औषधि उत्पादन तथा वैकल्पिक चिकित्साको क्षेत्रमा मुलुकको आवश्यकताअनुरुप प्रतिस्पर्धी र दक्ष जनशक्ति तयार पारी मुलुकको समृद्धिमा योगदान पु¥याउन प्राज्ञिक उत्कृष्टताका रुपमा विश्वविद्यालय स्थापना गर्न लागेको हो ।