दोहोरो स्वर्णपदक जिताउने मण्डेकाजी सम्मानित

दोहोरो स्वर्णपदक जिताउने मण्डेकाजी सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ साउन। नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा कराते खेलको कातातर्फ नेपाललाई दोहोरो स्वर्णपदक दिलाउने मण्डेकाजी श्रेष्ठ आज नगदसहित सम्मानित हुनुभएको छ ।

ललितपुरस्थित होटल भिभान्तामा आयोजित एक कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका नेता रमेश आचार्यले उहाँलाई रु पाँच लाखसहित सम्मान गर्नुभएको हो । धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्ष दीपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल विलडर्सका सिइओ तथा करातेका पूर्वराष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा मण्डेकाजीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्टस् एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सिइओ रोशिद उनिथानलगायतको सहभागिता रहेको थियो । नेपालमा गत मङ्सिरमा सम्पन्न तेह्रौँ सागमा मण्डेकाजीले एकल कता र टिम कातामा स्वर्ण पदक जित्नुभएको थियो ।