सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि, निजी सुरक्षाकर्मी र चालकलाई पनि कोरोना पोजिटिभ

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि, निजी सुरक्षाकर्मी र चालकलाई पनि कोरोना पोजिटिभ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, १७ साउन । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसद यादवले संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराउनु भएको हो ।

हिजो  नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै सांसद यादवसंगै उनका निजी सुरक्षाकर्मी र चालकलाई पनि कोरोना संक्रमण भएको छ ।

यसअघि नै वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो ।