सकिएन छाँगोबाट शव झिक्न

सकिएन छाँगोबाट शव झिक्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो ।

उनी यही साउन १९ गतेदेखि हराइरहेका थिए । उनको शव आज छहरे खत्कुलो छाँगोमा देखिएको वडाध्यक्ष लामाले बताउनुभयोे । छाँगो ठूलो भएकाले शव निकाल्न गाह्रो भएको स्थानीयवासीको भनाइ छ । अहिले शव कसरी झिक्न सकिन्छ भनेर स्थानीयवासी लागिपरेका छन् ।