पहिरामा ज्यान गुमाएकाको दुई जनाको शव वीरगञ्ज पठाइयो

पहिरामा ज्यान गुमाएकाको दुई जनाको शव वीरगञ्ज पठाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको छ ।

हेलिकप्टरमार्फत लग्ने भनिए पनि अन्तिम समयमा बोलेरो जिपमा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । आफन्तको सल्लाहअनुसार नै शव पठाइएको बताइएको छ । मृतकका आफन्तसँगको छलफलपछि शव पठाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाकारी दिनुभयो ।

आइतबाको वर्षापछि माथिबाट आएको पहिराले थिचेरको मृत्यु भएको थियो । प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिराले पुरिएको थियो । पहिरामा परेर ज्यान गुमाउनेमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरी रहेका छन् । पहिराबाट जीवितै उद्धार गरिएका एक भारतीय नागरिकको उद्धार गरिएको थियो ।