हुरीबतासले दर्जन रुख ढले, अवरुद्ध सडक पुनः सञ्चालनमा

हुरीबतासले दर्जन रुख ढले, अवरुद्ध सडक पुनः सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गएराति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुखहरू ढलेका छन् । हुरीबतासले राजपथको शिखरकोट–दामन खण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौँ उतीसका रुख ढलेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले जानकारी दिनुभयो ।

रुख ढलेर सडक नै छेकिएपछि मध्यराति केहीबेर यातायात अवरुद्ध भएको थियो । सवारी चालक र सहयोगीहरुले ढलेका रुख पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो । आज बिहान सडक विभागका स्थानीय कर्मचारीले सडकमा ढलेका रुख हटाएपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ ।