मेलम्ची शिखरपुरका १५ घर जोखिममा

मेलम्ची शिखरपुरका १५ घर जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अविरल वर्षाले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।

स्थानीय सोही ठाउँमै जोखिम मोलेर बसेको स्थानीय राजु दाहालले जानकारी दिनुभयो । उहाँले बस्ती नै उच्च जोखिममा परे पनि स्थानीय तहले कुनै चासो नदिएको भन्दै आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नगरपालिकासँग सम्पर्क गरेर टेन्ट, पालजस्ता तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सकिने बताउनुभयो ।

पहिराले गोठ पुरेपछि दुहुनो भैँसी सहयोग

अविरल वर्षाका कारण गए राति आएको पहिराले दुई माउ भैँसीसहित गोरु पुरेपछि पीडितका आफन्तले नै सहयोग जुटाई दुई माउ भैँसी किनेर सहयोग गरेका छन् ।
यही साउन १८ गतेको वर्षाका कारण मेलम्ची नगरपालिका वडा नं १० काफ्लेखोला निवासी दीर्घबहादुर कार्कीको पहिराले गोठ पुरी गोठ र सम्पूर्ण भैंसी क्षति भएकाले २० जनाले रु पाँच हजारदेखि ३० हजारसम्म सहयोग सङ्कलन गरी रु दुई लाख ६५ हजारमा दुई माउ दुुहुनो भैँसी नै खरीद गरी पीडित किसानको गोठमै लगेर बाँधिदिएको सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो । रासस