काठमाडौं, २६ साउन । टीभीएसको नेकेड बाइक टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सन आगामी हप्ता नेपाली बजारमा सार्बजनिक हुदै छ ।
यसमा भएको पावर र नेकेड लुक्सका कारण यो बाइक नेपाली युवाहरुको रोजाईमा पर्ने गरेको छ । अहिले आउन लागेको नया आरटीआर २०० फो भीमा अझ नया फिचरहरु थपिएर आउने भएकोले ग्राहकहरु थप आकर्षित हुने कम्पनिले बताएको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्स प्रालिका अनुसार आउन लागेको नया आरटीआर २०० फो भीमा एबीएस, अल न्यू एलइडी हेडल्याम्प र स्मार्ट कनेक्टेड फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल हुनेछ । सवारी चालकले आफ्नो स्मार्ट फोन कनेक्ट गरेर फोन कल, एसएसम, हेलमेट वार्निङ, टर्न वाइ टर्न नेभिगेसन जस्ता सुबिधा उपयोग गर्न सक्नेछन् ।
बिएस६ इन्जिनमा आउने आरटीआर २०० फोर भीमा १९७.८ सीसी सिगंल सिलिन्डर, फोर भल्भ, एफआई, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २०.२ बीएस पावर र १६.८ एनएम टर्क जेनेरेट गर्छ । स्लिपर कल्च रहेको यसमा ५ स्पीडको गियरबक्स रहेको कम्पनिले जनाएको छ ।
मुल्य
कम्पनीले ल्याएको नयाँ एबीएस र कनेक्ट फिचरसहितको आरटीआर २०० फोर भीको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । अहिले नेपाली बजारमा नन् एबीएस भर्सनको पुरानो आरटीआर २०० फोर भीको मूल्य ३ लाख २५ हजार रुपैयाँ रहेको छ ।
०००
टीभीएसले नेपालमा ल्यायो सबै भन्दा सस्तो मोटरसाइकल, जसको मूल्य १ लाख १५ हजार रुपैया मात्र पर्छ, माइलेज दिन्छ प्रतिलिटर ६७ किलोमिटर
काठमाडौं, १८ मङ्सिर । नेपालको लागि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले सबैभन्दा सस्तो मोटरसाइकल ल्याएको छ । कम्पनीले एक्सएल १०० मोडलको अत्यन्तै सस्तो मोटरसाइकल बिक्रि वितरण गर्दै आएको हो ।
एक्सएल १०० खास गरि सामान ओसार पसार भनेर बजारमा ल्याएको भए पनि दुइ जना चढेर मज्जाले सवार गर्न पनि सकिनेछ । कम्पनीले एक्सएल १०० लाई नेपाली बजारमा सबै भन्दा सस्तो मोटरसाइकलको रुपमा १ लाख १५ हजार ९०० रुपैयाँ मूल्य तोकेको छ ।
एक्सएल १०० मा ७० सीसीको एयर कुल्ड इन्जिन रहेको छ । जसले ६००० आरपीएममा ४.३ बीएच पावर र ३५०० आरपीएममा ६.५ एनएम टर्क उत्पादन गर्नेछ । मूल्यसंगै यसको माइलेज पनि राम्रो रहेको कम्पनिले दावी गरेको छ । एक्सएल १०० ले प्रतिलिटर ६७ किलोमिटर माइलेज दिनेछ ।
१५५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यसमा सिट हाइट भने ७७० एमएम को रहेको छ । इन्जिनको पावर कम भएपनि यस मोटरसाइकलको तौल समेत कम भएको हुनाले दुई जना वा सामान बोकेर सजिलै सवार गर्न सकिनेछ । यसको तौल मात्र ८० किलो रहेको छ ।
०००
यो पनि
सस्तो र धेरै माइलेज दिने भनेर चिनिने हिरो मोटरसाइकलको सबै मोडलको नया मूल्य सार्बजनिक (मुल्य सहित)
काठमाडौँ, २६ मङ्सिर । सस्तो र धेरै माइलेज दिने भनेर चिनिने भारतीय ब्राण्डको मोटरसाइकल हिरोले मूल्यमा केहि परिमार्जन गरेको छ । नेपालको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले बिभिन्न १५ भेरियन्टका स्कुटर तथा मोटरसाइकलको मूल्य तोकेको छ ।
सबैभन्दा सस्तो भनिएको स्प्लेन्डर प्लस बाइकको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ देखि सबैभन्दा महंगो एक्सपल्स २०० मोटरसाइकलको मूल्य ३ लाख ८५ हजार रुपैयाँ रहेको छ । तल मोडल अनुसारको मूल्य हेर्नुहोस ।
०००
यो पनि
अब मध्यम वर्गीय युवाहरुले पनि हार्ली डेभिड्सनको बाइक चढ्न सक्ने, यी दुई मोडल नेपाल आउदै (मुल्य सहित)
काठमाडौं, २८ कार्तिक । विश्व कै महँगो मोटरसाइकल मध्यको एक हो हार्ले डेभिडसन । यो यत्ति धेरै महँगो छ कि यसलाई खरिद गर्न जो कसैले आँट नै गर्दैनन्।
तर हार्ले डेभिडसनले अलि थोरै पुजी हुने ग्राहकलाई पनि मध्य नजरमा राख्दै दुइ मोडल बजारमा ल्याएको छ । र ति दुइ मोडल स्ट्रीट ७५० र स्ट्रिट रड ७५० आइएमई मोटर्सले नेपालमा पनि ल्याउने भएको छ । ७४९ सिसि लिक्विड कुल्ड भी–ट्विन इन्जिन रहेको स्ट्रीट ७५० ले ५८ एचपी पावर र ५९ एनएम टर्क जेनेरेट गर्दछ ।
त्यस्तै ७४९ सीसी कै लिक्विड कुल्ड भी–ट्विन इन्जिन रहेको स्ट्रीट रड ७५० ले ७०.९ एचपी पावर र ६२ एनएम टर्क जेनेरेट गर्दछ ।
नेपाल आउन लागेको स्ट्रीट ७५० को मूल्य २५ लाख रुपैयाँ र स्ट्रीट रडको मूल्य २७ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।
०००
यो पनि
रोयल इनफिल्ड बाइकका पारखीलाई खुसीको खबर : ४७ बीएचपी पावर तथा ५२ एनएम टर्क उत्पादन गर्ने शक्तिशाली इन्टरसेप्टर ६५० नेपाल आउदै (मूल्य सहित)
काठमाडौं, २५ कार्तिक । चर्चित रेट्रो मोटरसाइकल रोयल इनफिल्डको पावरफुल इन्टरसेप्टर ६५० नेपालमा आउने भएको छ । भारतमा निक्कै चर्चित रहेको यस मोडल अब नेपालमा पनि आउने भएपछि हाइस्पिड रोयल इनफिल्ड किन्ने इच्छा भएकाहरुको रहर पुग्ने भएको छ ।
नेपालका लागि आधिकारिक विक्रेता बिबेक अटोमोवाइलले यो मोटरसाइकल अबको केहि दिन मै नेपाली बजारमा विक्री वितरण सुरु गर्ने छ । ६४८ सीसीको एयर कूल्ड टु सिलिन्डर एफआई इन्जिनले ४७ बीएच पावर तथा ५२ एनएम टर्क उत्पादन गर्दछ ।
रोयल इनफिल्ड क्लासिक मोडल नेपालमा अत्यधिक बिक्रि हुने मध्यमा पर्दछ । करिब २०२ किलोग्राम तौल रहेको यस मोटरसाइकलको फ्रन्टमा ३२० एमएम तथा रियरमा २४० एमएमको डिस्क ब्रेकसहित डबल च्यानल एबीएस रहेको इन्टरसेप्टर ६५० मा ६ स्पीड गियरबक्स छ । निक्कै पावरफुल यस मोटरसाइकलले माइलेज पनि राम्रै दिने कम्पनिको दावी छ । प्रति लिटर २५ किलोमिटर यो मोटरसाइकलको माइलेज रहेको छ ।
यस मोटरसाइकलको मूल्य अहिले नै सार्बजनिक नगरीए पनि करिब १२ देखि १३ लाख रुपैया सम्म पर्ने अनुमान गरिएको छ ।
०००
यो पनि
यी हुन् नेपाली बजारमा पाइने सबै भन्दा सस्तो अनि सबै भन्दा धेरै माइलेज दिने ५ बाइकहरु (मुल्यसुची सहित)
साझापेज । काठमाडौँ । नेपाली सडक र नेपालीको आयश्रोतको आधारमा मोटर साइकल सबैको रोजाईमा पर्ने सवारी साधन हो । हुनत नेपाली बजारमा ७०-८० लाख रुपैया सम्मको मोटरसाइकल पनि उपलब्ध छ तर ति मोटरसाइकल एकादले मात्र खरिद गर्न सक्छन । नेपाली सडकमा प्राय मध्यम मूल्य कै मोटरसाइकल गुडिरहेको हुन्छन ।
आज हामी निम्न आर्थिक आयश्रोत भएका तर मोटरसाइकलको आवश्यक वा रहर भएकाहरुलाई उपयुक्त ५ मोटरसाइकलको बारेमा जानकारी दिंदै छौ । यी मोटरसाइकलहरु ९७ देखि ११० सिसि सेग्मेन्टमा छन । यी मोटरसाइकलहरु किन्नमा सस्तो मात्र हैन किनी सकेपछी पनि किफायती रहने छन् । कारण, यी ५ मोटरसाइकलले धेरै माइलेज दिने छ साथै कुनै पार्ट टुटफुट भएमा पनि निक्कै सुलभ मूल्यमा पार्ट पुर्जाहरु पाइने छ । त्यति मात्र हैन नेपाल सरकारले लगाउने करहरुमा पनि सानो सिसिका मोटरसाइकलमा भारी छुट छ । अब जानौ ति ५ मोटरसाइकलहरुको फिचर र हाल नेपाली बजारमा पर्ने मूल्यको बारेमा :
१. टीभीएस स्टार स्पोर्ट
टीभीएस स्टार सिटी प्लस मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने १०० सिसी सेग्मेन्टको मोटरसाइकल हो । यो मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने मोटरसाइकल हो । यसको वजन १०८ केजी छ भने फ्युल ट्यांक १२ लिटरको रहेको छ ।
इन्जिन : 100 सीसी
पावर : 7.4 पीएस
टर्क : 7.5 एनएम
माइलेज : 87 kmpl
मूल्य : रु. १,५६,९००
२. बजाज प्लाटीना १०० इएस
यो हो बजाजको सबै भन्दा धेरै माइलेज दिने सानो इन्जिनको मोटरसाइकल । यी ५ मोटरसाइकलहरु मध्य सबै भन्दा धेरै माइलेज दिने मोटरसाइकल पनि यहि हो । धेरै माइलेज दिने भए पनि यसको इन्जिन अन्यको भन्दा ठुलै छ । १०२ सिसीको इन्जिन रहेको यस मोटरसाइकलले ९६ किलोमिटर प्रतिलिटर त माइलेज नै दिने कम्पनिको दावी छ ।
इन्जिन : 102 सीसी
पावर : 8.04 पीएस
टर्क : 8.06 एनएम
माइलेज : 96.9 kmpl
मूल्य : रु. १,५९,९००
३. टीभीएस स्टार सिटी प्लस
टीभीएस स्टार सिटी प्लस मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने ११० सिसी सेग्मेन्टको मोटरसाइकल हो । यो मोटरसाइकलमा सेमी डिजिटल इंस्ट्रूमेंट कॉनसोल रहेको छ । साथै यो इलेक्ट्रोनिक स्टार्टमा उपलब्ध छ । यी ५ मोटरसाइकल मध्य सबै भन्दा ठुलो सिसि भएको मोटरसाइकल यहि हो ।
इन्जिन : 109.7 सीसी
पावर : 8.4 पीएस
टर्क : 8.7 एनएम
माइलेज : 86 kmpl
मूल्य : रु. १,६२,९००
४. हीरो एचएफ डीलक्स
यो हिरोको सबै भन्दा सानो इन्जिन भएको मोटरसाईकल हो । यसमा ९७.२ सिसीको इन्जिन रहेको छ भने यो नै हिरोको सबै भन्दा बढी माइलेज दिने र सबै भन्दा सस्तो मोटरसाइकल पनि हो । यसको तौल मात्र १०७ किलोग्राम रहेको छ ।
इन्जिन : 97.2 सीसी
पावर : 8.24 पीएस
टर्क : 8.05 एनएम
माइलेज : 82 kmpl
मूल्य : रु. १,६३,५००
५. हिरो स्प्लेन्डर प्लस
हिरो मोटरसाइकलको धेरै माइलेज दिने मोटरसाइकल मध्यको एक हो हिरो स्प्लेन्डर प्लस । जसमा हीरो एचएफ डीलक्समा नभएको फिचर मौजुद रहेको छ । जस्तै यो मोटरसाइकलमा इलेक्ट्रिक स्टार्ट संगै राम्रो ग्राफिक पनि रहेको छ । तर मूल्य मात्र १० हजार रुपैया बढी रहेको छ । हेरो मोटरसाइकल सबै भन्दा सस्तोमा पार्ट्सहरु पाइने ब्राण्डको रुपमा पनि चिनिने गरिन्छ ।
इन्जिन : 97.2 सीसी
पावर : 8.३६ पीएस
टर्क : 8.05 एनएम
माइलेज : 80.6 kmpl
मूल्य : रु. १,७३,५००
प्रतिक्रिया