गोठ भत्किँदा ४ लाखको क्षति

गोठ भत्किँदा ४ लाखको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, २६ साउन । स्याङ्जाको अर्जुनचौपारी–२ लामडाँडामा आज बिहान कच्ची धन्सार (गोठ) भत्किँदा साढे चार लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गएराति परेको वर्षाका कारण लामडाँडाका ५५ वर्षीय लालबहादुर गुरुङको दुईतले कच्ची धन्सार (गोठ) भत्किँदा उक्त गोठमा रहेका दुईवटा भैँसी पुरिएर मरेका छन् । धन्सारमा रहेका अन्नपात पुरिएर नष्ट भएको छ । आज बिहान भएको उक्त घटनामा अन्य कुनै पनि मानवीय क्षति नभएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।