घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्द मुद्दा दायर

घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्द मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीपुर गाउँपालिका कैलालीका नायब सुब्बा सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सिलाइकटाइ तालिम, सैलनु र चुरा बनाउने तालिम दिइ सफलतापूर्वक सम्पन्न गरी चेक भुक्तानी गरेपछि सेवाग्राहीसँग घुस माग गर्दै गरेको भन्ने सूचनाका आधारमा कञ्चनपुरबाट गएको आयोगको टोलीले जोशीलाई केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी जोशी सेवाग्रहीसँग रु ८५ हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार जोशीविरुद्ध बिगो असुल गरी कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको हो ।