महामारीप्रति गैरजिम्मेवार बनेको भन्दै चिन्ता

महामारीप्रति गैरजिम्मेवार बनेको भन्दै चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, २७ साउन । पोखरा महानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वडाध्यक्षहरुका तर्फबाट पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार विज्ञप्ति जारी गर्दै महामारीका समयमा सरकार र पोखरा महानगरपालिकाले विशेष चासो दिन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराउनुभएको हो । महामारीका कारण भयावह अवस्था सिर्जना भएको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय सरकारको मुख ताक्नुभन्दा आफँै सुरक्षितरूपमा रहनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, कार्यक्रम नगर्न, भीडभाड नगर्न, व्यापार व्यवसाय गर्दा स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी अपनाउन, साबुनपानीले नियमित हात धुन र मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ । पोखरामा १४७ सङ्क्रमित भइरहँदा आइसोलेसन वार्डमा थप श्यया व्यवस्था गर्न काँग्रेसले आग्रह गरेको छ ।