हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लाको पूर्वीउत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ की २१ वर्षीया सङ्गीता भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोमबार सुत्केरी व्यथा लागेकी भण्डारीको गाउँपालिकामा रहेको हुनी महतीको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी समीर भण्डारीले जानकारी दिनुभएको छ ।

उहाँले दिएको जानकारीअनुसार भण्डारीको पेटमा दुई उल्टो शिशु भएकाले सुत्केरी गराउन नसकी स्वास्थ्यकर्मीले सोमबार नै अन्यन्त्र पठाइए गरेपनि जिल्लामा व्यवस्था नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाएको भण्डारीले बताउनुभयो । हेलिकप्टरका लागि सोमबार नै कुरा गरेको र उक्त दिन मौसम खराबीका कारण हेलिकप्टर आउन नसकेपछि आज बिहान कैलाश उमावि महतीबाट उद्धार गरिएको प्रजिअ गैह्रेले बताउनुभयो ।

सोमबारदेखिको स्वास्थ्यकर्मीले प्रयास गर्दा राति एउटा बच्चा मृत जन्माएको र अर्को बच्चा पेटमै रहेको हुँदा उच्च रक्तस्राव भएको स्वास्थ्यकर्मीले बताएका छन् । सत्केरीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत उद्धार गरिएको हो ।

मृत फेला

आइतबारको अविरल वर्षाका कारण बाढीले बगाएर बूढीगङ्गा नदीमा बेवारिसे अवस्थामा बालिका मृत फेला परेकी छन् । त्रिवेणी नगरपालिका–कालापानी क्षेत्रको किनारामा अर्थात् बूढीगङ्गास्थित फालासैनको झोलङ्गे पुलको करीब १०० मिटर तल बूढीगङ्गा नदीको किनारामा करीब डेढ वर्षीया बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभएको छ । रासस