काठमाडौँ, २७ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ६३८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय संक्रमण कम्युनिटीमा फैलिए पछी स्थिति सम्बेदनशील बनेको छ ।
यो संगै नेपालमा कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । गत २४ घण्टामा १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । त्यस्तै कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।



प्रतिक्रिया