वीरगन्जमा कोरोना निको भएर घर फर्किएकी ३६ वर्षीया स्टाफ नर्सलाई अढाइ महिना पछी फेरि देखियो संक्रमण

वीरगन्जमा कोरोना निको भएर घर फर्किएकी ३६ वर्षीया स्टाफ नर्सलाई अढाइ महिना पछी फेरि देखियो संक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, २७ साउन । कोरोना संक्रमण भइ निको भएर घर फर्किएको ७५ दिन पछी पुन: कोरोना संक्रमण देखिएको छ । बिरगंजको नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया स्टाफ नर्स अढाई महिना पछी फेरि संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

ति महिला नारायणी अस्पतालको पेडयाक्ट्रिक विभागमा कार्यरत रहेकी छन । उनलाई हल्का खोकी लागेपछि कोरोनाको आशंकामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । गत बैशाख १४ गते देखि कोरोना संक्रमीतको उपचारमा खटिएकी उनलाई पहिलो पटक वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण भएपछि नारायणी अस्पतालकै आइसोलेसनमा १३ दिन राखेर उपचार गरेर दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जेठ १२ गते उनि डिस्चार्ज भएकी थिइन । उनि अस्पतालबाट डिस्चार्ज भएपछि १ महिनाको विदा लिएर घर बसी काममा फर्केकी थिइन्। तर यति लामो समय पछी पुन: उनलाई कोरोना संक्रमण देखिए पछि फेरी आइसोलेसनमा बसेकी छन ।

संभवत साढे २ महिना पछि फेरि संक्रमण देखिएको नेपालमा यो नै पहिलो घटना हुन सक्ने अस्पताल स्रोतले बताए ।