कोरोना नियन्त्रणका लागि हरेक नागरिक जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री पौडेल

कोरोना नियन्त्रणका लागि हरेक नागरिक जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि हरेक नागरिक जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । प्रदेशमा कोरोना संक्रमण तीव्र हुँदै गएपछि आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सङ्घीय राजधानी काठमाडौँलगायत प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण तीव्र बन्दै गइरहेको वर्तमान अवस्थामा हरेक नागरिकले जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पौडेलले सङ्घ, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा नागरिकले विवेकपूर्ण भूमिका निर्वाह गर्न सके मात्र कोरोनालाई पराजित गर्न सकिने बताउँदै भन्नुभएको छ ,“ सरकार कोरोनाविरुद्ध हरतरहले तयार भइसकेको छ, हाल प्रदेशमा सात ठाउँबाट कोरोना परीक्षण प्रयोगशाला सञ्चालित छन्, सरकार धेरैभन्दा धेरै व्यक्तिको कोरोना परीक्षण गर्ने,उपचार र अन्य प्रक्रियालाई निरन्तरता दिने गरी अगाडि बढेको छ ।”

उहाँका अनुसार वाग्मती प्रदेश सरकारले स्वास्थ्योपचारको सेवालाई राजधानीमा मात्र केन्द्रित नगरी नुवाकोटको त्रिशूली अस्पताल, धादिङ जिल्ला अस्पताल, सिन्धुली जिल्ला अस्पताल, भक्तपुर अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंँडा अस्पताललगायत प्रदेशका अन्य जिल्लामा समेत भेन्टिलेटर तथा आइसियुसमेत व्यवस्था गरी सेवा विस्तार गरिरहेको छ । “प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरुलाई सङ्घ, प्रदेश तथा स्थानीय सरकारले जारी गरेका निर्णयहरुको पूर्ण पालना गरी कोरोना भाइरसलाई महामारीको रुपमा फैलनबाट जोगाउनु हुन हार्दिक अनुरोध गर्दछु, लकडाउन, सटडाउन वा निषेधाज्ञा सरकारको रहर नभएर बाध्यता हो भन्ने यथार्थ बुझी महामारी रोक्ने अभियानमा एक भइदिनुहुन प्रदेशवासी दिदीबहिनी दाजुभाइहरुमा हार्दिक अनुरोध गर्दछु, कोरोनालाई नियन्त्रण गर्न हामी अवश्य सक्छौंँ तर यसमा सबैको साथ र सहयोग आवश्यक छ” पौडेलले सन्देशमा भन्नुभएको छ । रासस