अत्याधुनिक फिचर सहित अर्को हप्ता आउन लागेको टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सनको मुल्य सार्बजनिक, सोचे भन्दा सस्तो मूल्य निर्धारण (मूल्य सहित)

अत्याधुनिक फिचर सहित अर्को हप्ता आउन लागेको टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सनको मुल्य सार्बजनिक, सोचे भन्दा सस्तो मूल्य निर्धारण (मूल्य सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । टीभीएसको नेकेड बाइक टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सन आगामी हप्ता नेपाली बजारमा सार्बजनिक हुदै छ ।

यसमा भएको पावर र नेकेड लुक्सका कारण यो बाइक नेपाली युवाहरुको रोजाईमा पर्ने गरेको छ । अहिले आउन लागेको नया आरटीआर २०० फो भीमा अझ नया फिचरहरु थपिएर आउने भएकोले ग्राहकहरु थप आकर्षित हुने कम्पनिले बताएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्स प्रालिका अनुसार आउन लागेको नया आरटीआर २०० फो भीमा एबीएस, अल न्यू एलइडी हेडल्याम्प र स्मार्ट कनेक्टेड फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल हुनेछ । सवारी चालकले आफ्नो स्मार्ट फोन कनेक्ट गरेर फोन कल, एसएसम, हेलमेट वार्निङ, टर्न वाइ टर्न नेभिगेसन जस्ता सुबिधा उपयोग गर्न सक्नेछन् ।

बिएस ६ इन्जिनमा आउने आरटीआर २०० फोर भीमा १९७.८ सीसी सिगंल सिलिन्डर, फोर भल्भ, एफआई, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २०.२ बीएस पावर र १६.८ एनएम टर्क जेनेरेट गर्छ । स्लिपर कल्च रहेको यसमा ५ स्पीडको गियरबक्स रहेको कम्पनिले जनाएको छ ।

नयाँ आरटीआर २०० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको छ ।

त्यस्तै यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेको छ । लिन एंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपीएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ ।

यी यस्ता धेरै नया फिचरले गर्दा नया आरटीआर २०० फो भी युवाहरुको रोजाईमा पर्ने कम्पनिको दावी रहेको छ ।

मुल्य

कम्पनीले ल्याएको नयाँ एबीएस र कनेक्ट फिचरसहितको आरटीआर २०० फोर भीको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । अहिले नेपाली बजारमा नन् एबीएस भर्सनको पुरानो आरटीआर २०० फोर भीको मूल्य ३ लाख २५ हजार रुपैयाँ रहेको छ ।

०००

टीभीएसले नेपालमा ल्यायो सबै भन्दा सस्तो मोटरसाइकल, जसको मूल्य १ लाख १५ हजार रुपैया मात्र पर्छ, माइलेज दिन्छ प्रतिलिटर ६७ किलोमिटर

काठमाडौं, १८ मङ्सिर । नेपालको लागि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले सबैभन्दा सस्तो मोटरसाइकल ल्याएको छ । कम्पनीले एक्सएल १०० मोडलको अत्यन्तै सस्तो मोटरसाइकल बिक्रि वितरण गर्दै आएको हो ।

एक्सएल १०० खास गरि सामान ओसार पसार भनेर बजारमा ल्याएको भए पनि दुइ जना चढेर मज्जाले सवार गर्न पनि सकिनेछ । कम्पनीले एक्सएल १०० लाई नेपाली बजारमा सबै भन्दा सस्तो मोटरसाइकलको रुपमा १ लाख १५ हजार ९०० रुपैयाँ मूल्य तोकेको छ ।

एक्सएल १०० मा ७० सीसीको एयर कुल्ड इन्जिन रहेको छ । जसले ६००० आरपीएममा ४.३ बीएच पावर र ३५०० आरपीएममा ६.५ एनएम टर्क उत्पादन गर्नेछ । मूल्यसंगै यसको माइलेज पनि राम्रो रहेको कम्पनिले दावी गरेको छ ।  एक्सएल १०० ले प्रतिलिटर ६७ किलोमिटर माइलेज दिनेछ ।

१५५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यसमा सिट हाइट भने ७७० एमएम को रहेको छ । इन्जिनको पावर कम भएपनि यस मोटरसाइकलको तौल समेत कम भएको हुनाले दुई जना वा सामान बोकेर सजिलै सवार गर्न सकिनेछ । यसको तौल मात्र ८० किलो रहेको छ ।

०००

यो पनि

सस्तो र धेरै माइलेज दिने भनेर चिनिने हिरो मोटरसाइकलको सबै मोडलको नया मूल्य सार्बजनिक (मुल्य सहित)

काठमाडौँ, २६ मङ्सिर । सस्तो र धेरै माइलेज दिने भनेर चिनिने भारतीय ब्राण्डको मोटरसाइकल हिरोले मूल्यमा केहि परिमार्जन गरेको छ । नेपालको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले बिभिन्न १५ भेरियन्टका स्कुटर तथा मोटरसाइकलको मूल्य तोकेको छ ।

सबैभन्दा सस्तो भनिएको स्प्लेन्डर प्लस बाइकको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ देखि सबैभन्दा महंगो एक्सपल्स २०० मोटरसाइकलको मूल्य ३ लाख ८५ हजार रुपैयाँ रहेको छ । तल मोडल अनुसारको मूल्य हेर्नुहोस ।

०००

यो पनि

अब मध्यम वर्गीय युवाहरुले पनि हार्ली डेभिड्सनको बाइक चढ्न सक्ने, यी दुई मोडल नेपाल आउदै (मुल्य सहित)

काठमाडौं, २८ कार्तिक । विश्व कै महँगो मोटरसाइकल मध्यको एक हो हार्ले डेभिडसन । यो यत्ति धेरै महँगो छ कि यसलाई खरिद गर्न जो कसैले आँट नै गर्दैनन्।

तर हार्ले डेभिडसनले अलि थोरै पुजी हुने ग्राहकलाई पनि मध्य नजरमा राख्दै दुइ मोडल बजारमा ल्याएको छ । र ति दुइ मोडल स्ट्रीट ७५० र स्ट्रिट रड ७५० आइएमई मोटर्सले नेपालमा पनि ल्याउने भएको छ । ७४९ सिसि लिक्विड कुल्ड भी–ट्विन इन्जिन रहेको स्ट्रीट ७५० ले ५८ एचपी पावर र ५९ एनएम टर्क जेनेरेट गर्दछ ।

त्यस्तै ७४९ सीसी कै लिक्विड कुल्ड भी–ट्विन इन्जिन रहेको स्ट्रीट रड ७५० ले ७०.९ एचपी पावर र ६२ एनएम टर्क जेनेरेट गर्दछ ।

नेपाल आउन लागेको स्ट्रीट ७५० को मूल्य २५ लाख रुपैयाँ र स्ट्रीट रडको मूल्य २७ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

०००

यो पनि

रोयल इनफिल्ड बाइकका पारखीलाई खुसीको खबर : ४७ बीएचपी पावर तथा ५२ एनएम टर्क उत्पादन गर्ने शक्तिशाली इन्टरसेप्टर ६५० नेपाल आउदै (मूल्य सहित)

काठमाडौं, २५ कार्तिक । चर्चित रेट्रो मोटरसाइकल रोयल इनफिल्डको पावरफुल इन्टरसेप्टर ६५० नेपालमा आउने भएको छ । भारतमा निक्कै चर्चित रहेको यस मोडल अब नेपालमा पनि आउने भएपछि हाइस्पिड रोयल इनफिल्ड किन्ने इच्छा भएकाहरुको रहर पुग्ने भएको छ ।

नेपालका लागि आधिकारिक विक्रेता बिबेक अटोमोवाइलले यो मोटरसाइकल अबको केहि दिन मै नेपाली बजारमा विक्री वितरण सुरु गर्ने छ । ६४८ सीसीको एयर कूल्ड टु सिलिन्डर एफआई इन्जिनले ४७ बीएच पावर तथा ५२ एनएम टर्क उत्पादन गर्दछ ।

रोयल इनफिल्ड क्लासिक मोडल नेपालमा अत्यधिक बिक्रि हुने मध्यमा पर्दछ । करिब २०२ किलोग्राम तौल रहेको यस मोटरसाइकलको फ्रन्टमा ३२० एमएम तथा रियरमा २४० एमएमको डिस्क ब्रेकसहित डबल च्यानल एबीएस रहेको इन्टरसेप्टर ६५० मा ६ स्पीड गियरबक्स छ । निक्कै पावरफुल यस मोटरसाइकलले माइलेज पनि राम्रै दिने कम्पनिको दावी छ । प्रति लिटर २५ किलोमिटर यो मोटरसाइकलको माइलेज रहेको छ ।

यस मोटरसाइकलको मूल्य अहिले नै सार्बजनिक नगरीए पनि करिब १२ देखि १३ लाख रुपैया सम्म पर्ने अनुमान गरिएको छ ।

०००

यो पनि

यी हुन् नेपाली बजारमा पाइने सबै भन्दा सस्तो अनि सबै भन्दा धेरै माइलेज दिने ५ बाइकहरु (मुल्यसुची सहित)

साझापेज । काठमाडौँ । नेपाली सडक र नेपालीको आयश्रोतको आधारमा मोटर साइकल सबैको रोजाईमा पर्ने सवारी साधन हो । हुनत नेपाली बजारमा ७०-८० लाख रुपैया सम्मको मोटरसाइकल पनि उपलब्ध छ तर ति मोटरसाइकल एकादले मात्र खरिद गर्न सक्छन । नेपाली सडकमा प्राय मध्यम मूल्य कै मोटरसाइकल गुडिरहेको हुन्छन ।

आज हामी निम्न आर्थिक आयश्रोत भएका तर मोटरसाइकलको आवश्यक वा रहर भएकाहरुलाई उपयुक्त ५ मोटरसाइकलको बारेमा जानकारी दिंदै छौ । यी मोटरसाइकलहरु ९७ देखि ११० सिसि सेग्मेन्टमा छन ।  यी मोटरसाइकलहरु किन्नमा सस्तो मात्र हैन किनी सकेपछी पनि किफायती रहने छन् ।  कारण, यी ५ मोटरसाइकलले धेरै माइलेज दिने छ साथै कुनै पार्ट टुटफुट भएमा पनि निक्कै सुलभ मूल्यमा पार्ट पुर्जाहरु पाइने छ । त्यति मात्र हैन नेपाल सरकारले लगाउने करहरुमा पनि सानो सिसिका मोटरसाइकलमा भारी छुट छ । अब जानौ ति ५ मोटरसाइकलहरुको फिचर र हाल नेपाली बजारमा पर्ने मूल्यको बारेमा :

१. टीभीएस स्टार स्पोर्ट

टीभीएस स्टार सिटी प्लस मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने १०० सिसी सेग्मेन्टको मोटरसाइकल हो । यो मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने मोटरसाइकल हो । यसको वजन १०८ केजी छ भने फ्युल ट्यांक १२ लिटरको रहेको छ ।

इन्जिन : 100 सीसी

पावर : 7.4 पीएस

टर्क : 7.5 एनएम

माइलेज : 87 kmpl

मूल्य : रु. १,५६,९००

२. बजाज प्लाटीना १०० इएस

यो हो बजाजको सबै भन्दा धेरै माइलेज दिने सानो इन्जिनको मोटरसाइकल । यी ५ मोटरसाइकलहरु मध्य सबै भन्दा धेरै माइलेज दिने मोटरसाइकल पनि यहि हो । धेरै माइलेज दिने भए पनि यसको इन्जिन अन्यको भन्दा ठुलै छ । १०२ सिसीको इन्जिन रहेको यस मोटरसाइकलले ९६ किलोमिटर प्रतिलिटर त माइलेज नै दिने कम्पनिको दावी छ ।

इन्जिन : 102 सीसी

पावर : 8.04 पीएस

टर्क : 8.06 एनएम

माइलेज : 96.9 kmpl

मूल्य : रु. १,५९,९००

३. टीभीएस स्टार सिटी प्लस

टीभीएस स्टार सिटी प्लस मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने ११० सिसी सेग्मेन्टको मोटरसाइकल हो ।  यो मोटरसाइकलमा सेमी डि‍जि‍टल इंस्‍ट्रूमेंट कॉनसोल रहेको छ । साथै यो इलेक्ट्रोनिक स्टार्टमा उपलब्ध छ । यी ५ मोटरसाइकल मध्य सबै भन्दा ठुलो सिसि भएको मोटरसाइकल यहि हो ।

इन्जिन : 109.7 सीसी

पावर : 8.4 पीएस

टर्क : 8.7 एनएम

माइलेज : 86 kmpl

मूल्य : रु. १,६२,९००

४. हीरो एचएफ डीलक्‍स

यो हिरोको सबै भन्दा सानो इन्जिन भएको मोटरसाईकल हो । यसमा ९७.२ सिसीको इन्जिन रहेको छ भने यो नै हिरोको सबै भन्दा बढी माइलेज दिने र सबै भन्दा सस्तो मोटरसाइकल पनि हो । यसको तौल मात्र १०७ किलोग्राम रहेको छ ।

इन्जिन : 97.2 सीसी

पावर : 8.24 पीएस

टर्क : 8.05 एनएम

माइलेज : 82 kmpl

मूल्य : रु. १,६३,५००

५. हिरो स्प्लेन्डर प्लस

हिरो मोटरसाइकलको धेरै माइलेज दिने मोटरसाइकल मध्यको एक हो हिरो स्प्लेन्डर प्लस । जसमा हीरो एचएफ डीलक्‍समा नभएको फिचर मौजुद रहेको छ । जस्तै यो मोटरसाइकलमा इलेक्ट्रिक स्टार्ट संगै राम्रो ग्राफिक पनि रहेको छ । तर मूल्य मात्र १० हजार रुपैया बढी रहेको छ । हेरो मोटरसाइकल सबै भन्दा सस्तोमा पार्ट्सहरु पाइने ब्राण्डको रुपमा पनि चिनिने गरिन्छ ।

इन्जिन : 97.2 सीसी

पावर : 8.३६ पीएस

टर्क : 8.05 एनएम

माइलेज : 80.6 kmpl

मूल्य : रु. १,७३,५००