कञ्चनपुरमा दम्पती ह’त्या प्रकरण: अ’शक्त अवस्थामा पनि निरन्तर आ’पराधिक गतिविधि गर्ने राना

कञ्चनपुरमा दम्पती ह’त्या प्रकरण: अ’शक्त अवस्थामा पनि निरन्तर आ’पराधिक गतिविधि गर्ने राना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती ह’त्यामा संलग्न अ’भियुक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शारीरिक अवस्थाले ध्यान तान्यो । दाँया हात नै नभएका अशक्त अ’भियुक्त रानाले ज्या’न मा’र्ने जस्तो ज’घन्य अ’पराधिक घटनामा कुन भूमिका निभाए होलान् भन्ने सबैको चासोको विषय पनि बन्यो ।

दश दिनअघि मध्यरातमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरका घनश्याम खातीको घरमा अज्ञात समूहले धा’रिलो ह’तियार प्रयोग गरी आ’क्रमण ग¥यो । आ’क्रमणबाट खातीका श्रीमती ६८ वर्षीया बेलीदेवी खातीको घटनास्थलमै मृत्यु भयो । आ’क्रमणबाट गम्भीर घाइते भएका वृद्ध घनश्यामको आइतबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खातीकै छिमेकी ५३ वर्षीय प्रकाश ऐरले बो’क्सीको आ’रोप लगाउँदै रु चार लाख दिएर ह’त्या गर्ने योजना बुनेको प्रहरीले खुलासा गरेको छ । खातीको ह’त्या योजना बनाएका ऐरले कृष्णपुर नगरपालिका–२ का ४५ वर्षीय रबि राना (भर्रा) को गतिलो साथ पाए ।

योजनाअनुसार नै अशक्त रानाले मोटरसाइकलमा घटनापछि खातीका छोरा राजेश खातीलाई घरमा लैजानेदेखि आ’क्रमण गर्ने रविलाई घर पु¥याउनेसम्मको काम गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । रानाले मोटरसाइकलको एक्सलेटर नै बाँया हाततर्फ जडान गरेको पाइएको छ । “अ’शक्त भएपनि राना दक्षिणतर्फ नेपाल–भारत सीमानामा मलखाद, कुखुराका चल्ला अ’वैध नाकाबाट ल्याउने गिरोहमा समेत सक्रिय रहेछ ।” उहाँले भन्नुभयो–“राना त्यो क्षेत्रको त’स्कर नै रहेको पाइयो ।”

अभियुक्त राना सीमा क्षेत्रमा युवा समूहलाई त’स्करीमा परिचालन गर्ने गरेको समेत प्रहरी भनाइ छ । “प्रहरीमै उ’जुरी नआएपनि गाउँमा त्यसको गतिविधि ठीक रहेनछ ।” प्रवक्ता थापाले भन्नुभयो–“खाती दम्पतीको ह’त्याको दोस्रो दिन हामीले दिनेश र खातीका छोरा राजेशलाई सोधपुछका लागि नियन्त्रणमा लिएका थियौँ ।”

घटना अनुसन्धानकै क्रममा राजेशको संलग्नता नदेखिएपछि रिहा भएका छन् । “दिनेश र होरीले घटनाका बेला राजेशलाई मा’दक पदार्थमा ल’ठ्ठ बनाएर फकाएर राखेको देखिन्छ” प्रवक्ता थापाले भन्नुभयो । झण्डै दुई दशकअघि रानाले बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेको हात गु’माएको एक स्थानीयले बताउनुभयो । “यहाँ अ’वैध नाकाबाट त’स्करी गर्न थालेको वर्षौं भइसकेको थियो ।” स्थानीयले भन्नुभयो–“त’स्करी हुँदै आज गाउँमै ज’घन्य अ’पराधमा समेत सामेल भएछ ।” रासस