देशभर थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि, उपत्यकामा १३९ जना थपिए

देशभर थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि, उपत्यकामा १३९ जना थपिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा १० हजार ४८१ जनाको पिसिआर परीक्षण गर्दा ४८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ४३२ पुगेको छ ।

उपत्यकामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्र १०९ जना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा २९, पाटन अस्पतालमा गरिएको परीक्षणमा ११, वीर अस्पतालमा गरिएको परीक्षणमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ११ र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण भेटिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय कोरोना भाइरस मुक्त भएर ६४ जना घर फर्किएका छन् । हालसम्म १६ हजार ७२८ जना निको भई घर फर्किएका छन् । ६८ प्रतिशत कोरोनाबाट ठीक भएको पनि मन्त्रालयले जनाएको छ । देशभर सात हजार ६१३ जना सक्रिय सङ्क्रमित छन् । आजसम्म चार लाख ७२ हजारभन्दा बढीको पिसिआर विधिबाट परीक्षण गरिएको छ । बुधबारसम्म ९१ जनाले कोरोनाबाट जीवन गुमाएका छन् । पछिल्लो २४ घण्टामा आठ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । निधन हुनेमा धनुषाका दुई, काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एकजना रहेको पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले जानकारी दिनुभयो । रासस