वडाध्यक्ष धरौटीमा रिहा

वडाध्यक्ष धरौटीमा रिहा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन धरौटीमा रिहा हुनुभएको छ । मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उहाँलाई असार २८ गते नियन्त्रणमा लिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख मोना सिंहले ललितपुर जिल्ला अदालतको आदेशमा महर्जन आज रु ५० हजार धरौटीमा छुट्नुभएको जानकारी दिनुभयो । प्रहरीले महर्जनसहित अन्य १२ जना व्यक्तिलाई त्यस दिन नियन्त्रणमा लिएको थियो । अन्य थप सातजना भने अझै फरार रहेका सिंहले बताउनुभयो ।