एजेन्सी, २९ साउन । अन्तरिक्ष बैज्ञानिकहरुका अनुसार ११ वर्ष पछी सुर्यमा ठुलो हलचल देखिएको छ । सुर्यको बिचमा ठुलो सौर्य धब्बा देखा परेको र उक्त धब्बाबाट निस्कने सौर्य ज्वालाले पृथ्वीलाई समेत नोक्सान पुराउन सक्ने बैज्ञानिकहरुको अनुमान छ ।
उक्त सौर्य ज्वालाले पृथ्वीको भूउपग्रह जडित सञ्चार व्यवस्थामा बाधा उत्पन्न गर्न सक्ने छ । यसरी नै हरेक ११ वर्षमा सूर्यको सतहमा ठूलो परिवर्तन हुने बैज्ञानिकहरुको बताउछन । सुर्यमा व्यापक चुम्बकीय शक्ति हुने हुनाले विशाल ऊर्जा पैदा हुन्छ र उक्त ऊर्जा सौर्य ज्वालाको रुपमा देखिन्छ ।
सोर्य ज्वालाले पृथ्वीको चारैतर्फ विद्युत चुम्बकीय फिल्डमा इलेक्ट्रोन तथा प्रोटोनमा घटबढ गराउन सक्दछ । जसको कारण स्याटेलाइट कम्युनिकेसन र नेभिगेसनमा समेत असर पार्ने हुदा हवाई तथा समुद्री यातायातमा असर पर्नसक्ने वैज्ञानिकहरुको अनुमान छ ।
प्रतिक्रिया