काँग्रेसद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा यादवको निधनप्रति दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ साउन । नेपाली काँग्रेसले धनुषा शहीदनगर नगरपालिका–८ का पार्टीका वडा सभापति पल्टु यादवको निधनप्रति दुःख व्यक्त गरेको छ । वडा सभापति यादवको यही साउन २३ गते जनकपुरमा उपचारका क्रममा ६० वर्षका उमेरमा निधन भएको थियो ।

काँग्रेसले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । यादवले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।