महामारी नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका ः डब्लुएचओ प्रमुख

महामारी नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका ः डब्लुएचओ प्रमुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।

उहाँले बुधबार जेनभामा पत्रकारहरूसँगको कुराकानीमा उक्त कुरा बताउनुभएको हो । विश्वप्रतिको साझा दायित्वलाई विश्वभरका युवाहरूले वहन गरेको जिम्मेवारीप्रति खुशी व्यक्त गर्दै कोरोना भाइरस महामारीबाट युवा पुस्ताको भविष्यमा परेको प्रभावप्रति दुःख पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “भाइरसले स्वास्थ्यमा मात्र नभई अर्थतन्त्र, रोजगार, शिक्षा प्रणालीमा पनि प्रभाव पारेका बताउनुभयो ।” उहाँले युवासँग महामारीबारे जानकारी लिन र स्वास्थ्यका लागि हितकर हुने छनौट गर्न आह्वान पनि गर्नुभयो ।

उहाँले विभिन्न संगठन, संस्थान तथा सरकारसँग युवाको प्रस्ताव सुन्न, महामारीको रोकथाम तथा नियन्त्रण क्षेत्रमा युवालाई सम्लग्न हुन प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आह्वान गर्नुभयो ।

अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ । कोरोना भाइरस महामारीको पृष्ठभूमिमा चालु वर्षको विषयसूची ‘विश्व कारवाहीमा युवाको संलग्नता’ रहेको छ । रासस