जानकी माविको चार कोठे पक्की भवन निर्माण गरिने

जानकी माविको चार कोठे पक्की भवन निर्माण गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, ३० साउन । पोखरा महानगरपालिका–१७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन निर्माण गरिने भएको छ । नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) को रु ७४ लाख ३५ हजारको लागतमा सो भवन निर्माण गरिने भएको हो । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले आज एक समारोहका बीच सो भवनको शिलान्यास गर्दै सामुदायिक विद्यालयको भौतिक निर्माणसँगै शैक्षिक गुणस्तरतामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“गुणस्तरीय शिक्षा समृद्ध नेपाल, सुखी नेपाली अभियानको पहिलो आधार हो”, उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक एवं विद्यार्थीको सामूहिक प्रयास आवश्यक छ ।” जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुणस्तरीय निर्माणसँगै पारदर्शिताको खाँचो औँल्याउनुभयो । भूकम्पपश्चात् कास्की जिल्लामा शिक्षातर्पm रु दुई अर्बभन्दा बढी लगानी भएको जानकारी दिँदै उहाँले भौतिक निर्माणसँगै विद्यार्थीको आकर्षण बढाउन शिक्षक वर्गको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) कास्कीका प्रमुख लालप्रसाद पोखरेल, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सुभाष ढुङ्गाना, शिक्षक अभिभावक सङ्घका अध्यक्ष प्रेम थापा, प्रधानाध्यापक अर्जुन कँडेललगायतले शिक्षाको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।