पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न माग

पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल ट्रेड युनियन काँग्रेसले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे छानबिन गर्न माग गरेको छ । ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले बिहीबार साँझ शोक विज्ञप्ति जारी गरी ट्रेड युनियन काँग्रेस आबद्ध नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि पत्रकार बानियाँको असामयिक मृत्यु भएको भन्दै यसबारे उब्जिएका आ’शङ्काको छानबिन गर्न माग गरेको हो ।

“तीन दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार बानियाँ मकवानपुरको एउटा जलविद्युत् आयोजनामा भेटिनु र सनाखतसमेत फोटोको माध्यामबाट गरिनुले प्रश्न उब्जाएको छ”, विज्ञप्तिमा भनिएको छ । मुलुकमा व्याप्त बेतिथी र भ्रष्टाचारविरुद्ध कलम चलाउने इमान्दार र निष्ठावान पत्रकार नै यस्तो अवस्थामा देखिनुलाई ट्रेड युनियन काँग्रेसले सामान्य मान्न नसकिने बताएको छ ।

ट्रेड युनियन काँग्रेसले पत्रकार बानियाँको निधनसँग जोडिएका सबै प्रश्न र आ’शङ्काको खोज तथा अनुसन्धान गरी सत्यतथ्य उजागर गर्न सरकारसँग माग गरेको छ । ट्रेड युनियन काँग्रेसले मृतक बानियाँप्रति श्र’द्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक स’मवेदना व्यक्त गरेको छ ।