पहिराले सिन्धुपाल्चोकमा भएको क्षतिप्रति मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त

पहिराले सिन्धुपाल्चोकमा भएको क्षतिप्रति मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गए राति सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा गएको पहिराले पु¥याएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज एक सन्देश जारी गर्दै उहाँले पहिराग्रस्त क्षेत्रमा उद्धारको कार्य भइरहेको उल्लेख गर्दै तत्काल राहत पु¥याउने बताउनुभएको छ । पौडेलले यस विपद्को क्षणमा निरन्तर रुपमा खटिने जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय जनसमुदाय लगायतलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले हाल सो पहिरामा परी बेपत्ता भएकामध्ये सात जनाको शव फेला परिसकेको र ३१ जना अझै बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको उल्लेख गर्नुभएको छ । “यस दुःखद क्षणमा प्रदेश सरकारले उद्धार र राहतसँगै पुनस्र्थापनाको काम शुरु गरिसकेको जानकारी गराउँछु, उक्त स्थानमा पहिराले ३६ घरमा क्षति पुगेको छ भने थुप्रै घर जोखिममा रहेका छन्, पहिराले क्षति भएको स्थानमा राहत तत्काल पु¥याउने व्यवस्था मिलाउने जानकारी गराउन चाहन्छु, त्यस क्षेत्रका सम्पूर्ण बासिन्दालाई अझ सुरक्षित रहन अपिल गर्दछु, यस दुःखद प्रकोपबाट ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, सन्देशमा भनिएको छ । रासस