जोखिम रहेको घर सेनाले भत्कायो

जोखिम रहेको घर सेनाले भत्कायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामपुर, ३२ साउन । वर्षाका कारण जोखिममा परेको यहाँको एउटा घरलाई नेपाली सेनाले भत्काइदिएको छ । तानसेन नगरपालिका–६ बर्तुङस्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाको टोलीले भत्काएको हो ।

गोरख दल गण पाल्पाका सेनानी मनोज डङ्गोलको नेतृत्वमा वर्षाले घरको अगाडिको भाग भत्किएर जोखिममा रहेको घर पूर्णरुपमा भत्काइएको छ । घरमा रहेका सामान सुरक्षितसाथ निकालेर अन्यत्र व्यवस्थापन गरिएको छ । अगाडिको भाग भत्किएर जोखिम बनेको घर कुनै पनि समय अन्य भाग भत्कन सक्ने सम्भावित घटनालाई ध्यानमा राखी घरधनी र तानसेन नगरपालिकाको सहमतिमा भत्काइएको हो । रासस