काठमाडौँको एक निजि अस्पतालमा कोरोना संक्रमितलाई १२ दिन राखेको बिल आयो २६ लाख तर बाचेन बिरामी, पैसा दिएपछि मात्रै सेनाले शव लैजान पायो

काठमाडौँको एक निजि अस्पतालमा कोरोना संक्रमितलाई १२ दिन राखेको बिल आयो २६ लाख तर बाचेन बिरामी, पैसा दिएपछि मात्रै सेनाले शव लैजान पायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ साउन । कोरोना भाइरस कोभिड-१९ को महामारीले यतिबेला विश्व आक्रान्त छ । नेपालमा पनि दिनानु दिन संक्रमितको संख्या बढ्ने क्रम जारी छ । अहिले २७ हजार नजिक संक्रमित पुष्टि भइसकेको छ भने १०४ जनाले त ज्यान नै गुमाई सकेको अवस्था छ ।

सरकारले लकडाउन खोलेसंगै मानिसको चहलपहल बढेपछि कोरोना संक्रमण कम्युनिटीमा पुगिसकेको छ । यस बीच सरकारले आफ्नो सुरक्षा आफै गर्नु भनेर आह्वान गर्दै आएको छ । हुन पनि कोरोना लागि हाले अहिले यसको कुनै भ्याक्सिन नभएको हुदा ज्यानको जोखिम निक्कै हुन्छ । त्यसैले काेना लागेर मृत्यु कुर्नु भन्दा काेराेना लाग्न नदिनु नै उत्तम हाे ।

यसै बीच एक उदाहरणका रूपमा काठमाडौँको एक ठुलो नीजी अस्पतालले कोरोना संक्रमितको उपचारबाट लाखौ रुपैया लिएको खुलासा भएको छ । पिडितको आफन्तका अनुसार संक्रमितलाई १२ दिन अस्पतालमा राखे बापत २६ लाख लिएको खुलेको हो।

सरकारसंग सामान्य अस्पतालको सैया पनि अभाव भएको बेला भेन्टिलेटरको आशा गर्नु त बेक्कार कै कुरा छ । त्यस्तोमा निजी अस्पतालले चरम महगींमा बिरामीको उपचार गर्ने अवसर मिल्ने नै भयो । यसलाई सरकारले पुष्टि नगरे पनि बरिष्ठ जनस्वास्थ्य चिकित्सक तथा पोषणविद अरुणा उप्रेतीले एक अस्पतालले कोरोना संक्रमितको उपचारमा २६ लाख रुपैयाँ लिएको आफूलाई जानकारी आएको बताएकी छन् ।

उनले लेखेको स्टाटस जस्ताको तस्तैः

“मलाई कोरोना को सक्रमण् भएर हस्पिटल जानु पर्‍यो भने त शायद घर मै म र्छु होला । काठमाडौँको एक ठुलो अस्पातलमा मेरो एक चिनेको मानिसलाई कोरोना भएर भेन्टिलेटरमा १२ दिन राखेको २६ लाख लियो रे। उनको जीवन पनि रहेन् । एक रातमा २६ लाख अस्पातललाई दिएपछि मात्र लाश दिए । त्यसपछि सैनिकहरु आएर लगेर बिद्युत शव दाह गृहमा लगे । परिवारलाई ”खरानी” दिए। यत्रो पैसा कसरी परिवारले पायो होला ? त्यत्रो पैसा कसरी तिरेको होला ?”

एक महिलाले भनेको कुरा सुनेर मलाई लाग्यो गरीब त कोरोनाले संक्रमित भएर उपचार गराउन सक्ने अबस्ता छैन । मेरो पनि कोरोनाको बिमा त गरेको छ तर कोरोना भए एक लाख सम्म देला उपहचारको , २५ लाख कताबाट ल्याउने होला ?” एक महिलाको कुरा सुनेर मलाई पनि सोच मग्न बनएको छ । कोरोना लागे अस्पातल गएर २६ लाख कसरी तिर्ने ?

०००

आज थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३२ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ६४१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । पछिल्लो २४ घण्टामा १२ हजार २४७ जनाको पिसीआर परिक्षण गरिएको थियो ।

आज संक्रमण पुष्टि भएकाहरु मध्य पुरुष ४२३ जना र महिला २१८ जना रहेका छन्। यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २६ हजार ६६० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १३४ जना निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार ३३५ जना पुगेका छन् ।

त्यस्तै आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । पर्साका एक पुरुष र मोरङका एक महिलाको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् ।