काठमाडौं, १ भदौ । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएपछि विशेषगरी शहरी क्षेत्रमा त्रासको बाताबरण छ । लकडाउनसम्म खासै संक्रमितहरु फेला नपरेको काठमाडौँमा लकडाउनपछि भने भारत र तराईका जिल्ला हुदै काठमाडौँ मनपरी तरिकाले प्रवेश गर्नेहरुको संख्या बढेपछी काठमाडौं उपत्यकामा दिनानु दिन संक्रमितको वृद्दी भैरहेको अवस्था छ । संक्रमितहरु बढ्ने क्रम जारी रहदै गर्दा विभिन्न स्थानीय तहले आ-आफ्नो क्षेत्र सिल गर्ने देखि विभिन्न मापदण्डहरु लागु गर्दै आएको अवस्था छ ।
यसै बीच कोरोना संक्रमण दर बढेसँगै काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाले संक्रमण रोक्न निषेधाज्ञा जारी गरेको छ । भदौ १ गते देखि १५ गते सम्म लागु हुने गरि नगरपालिकाले यस निषेधाज्ञा जारी गरेको हो । यदि उक्त निषेधाज्ञा उलंघन गरे कडा कारवाही गरिने पनि नगरपालिकाले जनाएको छ ।
जारी विज्ञप्ति यस्तो छ ।
०००
काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण
काठमाडौँ, १ भदौ ।आज सोमबार काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्य काठमाडौंका १३९ जना, ललितपुरका १५ जना र १४ जना रहेका छन्। त्यस्तै नेपालभर आज थप ५८१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ५२० जनाको पिसीआर परिक्षण गरिएको थियो । आज संक्रमण पुष्टि भएकाहरु मध्य पुरुष ४०८ जना र महिला १७३ जना रहेका छन्। यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २७ हजार २४१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६० जना निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १७ हजार ४९५ जना पुगेका छन् ।
प्रतिक्रिया