युरिया मलको अभाव यथावत्

युरिया मलको अभाव यथावत्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यस वर्ष धान रोपाइँ गएका वर्षभन्दा धेरै राम्रो भए पनि किसानले रासायनिक मल युरिया पाउन सकेका छैनन् । किसानले आफ्नो प्रयासमा भारतबाट युरिया मल ल्याउँदा सुनसरीका सीतागञ्ज शाखा नहरमा प्रहरी बस्ने र उनीहरुले जबरजस्ती पैसा माग्ने गरेको स्थानीय अजित मियाँले जानकारी दिनुभयो ।

किसानले धानलाई पोषण दिने युरिया खेतमा हाल्न नपाउँदा उनीहरु दिनरात मलका लागि छटपटाइरहेका छन् । पूर्व क्षेत्रमा युरिया र डिएपी मल वितरण गर्ने साल्ट टे«ेडिङ र कृषि सामग्री कम्पनि लिमिटेड कार्यालय विराटनगरमा युरिया मल छैन । पूर्व क्षेत्रका लागि गएको वर्षमा १५ हजार मेट्रिक टन युरिया मल कृषि सामग्री कम्पनि लिमिटेड कार्यालय विराटनगरले किसानलाई उपलब्ध गराएको थियो । मोरङमा मात्रै नौ हजार ६०० मेट्रिकटन युरिया किसानलाई उपलब्ध भएको थियो । अहिले किसानलाई युरिया मल चाहिएको छ तर मल नभएको र आउने टुङ्गो पनि नरहेको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त कार्यालय प्रमुख नवरत्न सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी, साल्ट टे«ेडिङ विराटनगरमा पनि युरिया मल नरहेको तर डिएपी मल तीन हजार ९०० मेट्रिकटन मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले बताउनुभयो । उहाँले साल्ट टे«ेडिङलाई भोलिसम्ममा पाँच हजार ६६० मेट्रिक टन प्राप्त हुने जानकारी पनि दिनुभयो । अहिले आउने युरिया मल साउन २१ गतेभन्दा पहिले नै आइसक्नु पर्ने तर नआएको र अहिले विराटनगर भन्सारसम्म आइसकेको सूचना प्राप्त भएकाले नै भोलि वा पर्सिसम्म सो परिमाणमा युरिया मल प्राप्त हुने प्रमुख चौधरीले जनाइएको छ । एक हेक्टर जग्गामा दुईदेखि तीन बोरा युरिया मल आवश्यक पर्ने कृषि विकास निर्देशनालयले जनाएको छ ।

पूर्व क्षेत्रको धान रोपाइँको हिसाब हेर्दा धान लगाइने क्षेत्रफल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा हो । यस वर्ष ९५ प्रतिशत रोपार्इँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । यस हिसाबले धानलाई मात्रै १० लाख २२ हजार ४८७ बोरा युरिया आवश्यक पर्ने देखिन्छ । किसानलाई पर्याप्त मल पु¥याउन नसके उत्पादन राम्रो नहुने र निराशा बढ्ने समस्यालाई अन्त्य गर्न सरकारले समयमै रासायनिक मलको आपूर्ति वा भण्डारण गर्नु पर्ने किसानको माग छ ।

अहिले आफ्नो खेतमा मल हाल्न भारतबाट साइकल वा मोटरसाइकलमा खरिद गरेर ल्याउँदा बाटामा रहेका प्रहरी पोष्टका प्रहरीले अनावश्यक दुःख दिने र प्रतिबोरा रु५०० देखि रु एक हजार माग्ने गरेको किसानको गुनासो छ । रासस